
मैले जस्तै तिमीले नि जिएर हेर
फाटेको त्यो मनलाई सिएर हेर ।
मन मेरो सधैंसधैं रुने गर्छ किन
मुल्य आशुको कती छ पिएर हेर ।
मान्छे भै मान्छे सरी बाच्नु पर्छ
जिबनमा चोखो माया दिएर हेर ।
नबेच्नु है माया मेरो उधारोमा
सापटिमै दिउला बरु लिएर हेर ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।