Friday, July 13, 2012

पर्बत जिल्ला संक्षिप्त परिचय


पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो । यो नेपालका ७५ जिल्ला मध्ये चौंथो सानो जिल्ला हो । पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रुपमा चिनिन्छ । विश्व मानचित्रमा पर्वत २८० ००’ १९’’ देखि २८० २३’ ५९’’ अक्षांस र ८३० ३३’ ४०’’ देखि ८३० ४९’ ३०’’ देशान्तरमा रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग कि.मी. रहेको छ । उचाईका हिसावले सामुन्द्रिक सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखी ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ ।
यस जिल्लाका रमणीय लेकाली चुचुराहरुमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरु मध्य भागका पञ्चासे, डहरे तथा दक्षीणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरु हुन् । जहां शिशिरमा हिउंले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्य जन्तु र लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरुले सिंगारीरहेका हुन्छन् । यी चुचुराहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खला र टाढा-टाढाका मनमोहक दृष्य तथा विहानीको सूर्योदयको सुन्दरताले पर्यटकहरुलाई मन्त्र मुग्ध पार्ने हुँदा पर्यटन विकासको सम्भावना त्यत्तिकै छ ।

Wednesday, July 11, 2012

किन रुनु पर्थ्यो यहाँ सधैं खुशि चुम्न पाए ।


किन रुनु पर्थ्यो यहाँ सधैं खुशि चुम्न पाए
किन दु:ख पाउनु पर्थ्यो सधैं सुख बुन्न पाए ।

कसलाई हुन्न लिने मन र तारा छोडी जुन पाए
चोटहरू नी कमै हुन्थ्यो शायद उनकै हुन पाए ।

सधैं एक्लो बन्नु भन्दा मन्कै सुरमा झुम्न पाए
खुशी हरू भेटिन्थ्यो की मनले जुनलाई छुन पाए ।

कतै हास्न सकिन्थ्यो की मनको बाध फुट्न पाए
संसार अर्कै हुन्थ्यो की त संकट सबै थुन्न पाए ।

पिडा सबै मेटिन्थ्यो की आँशुले नइ धुन पाए
जीवनको गहिराइ मा भित्र भित्रै डुब्न पाए ।!

यस्तै अन्जान गन्तब्य बिहिन जिबनको यात्राहरूमा कैयौ उथल पुथल हरू आउछन् शायद गनी के साध्य छ अनी भनि के साध्य छ र ...

रेशम श्रेष्ठ ।
पर्बत-हुवाश, ३

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"