
किन दु:ख पाउनु पर्थ्यो सधैं सुख बुन्न पाए ।
कसलाई हुन्न लिने मन र तारा छोडी जुन पाए
चोटहरू नी कमै हुन्थ्यो शायद उनकै हुन पाए ।
सधैं एक्लो बन्नु भन्दा मन्कै सुरमा झुम्न पाए
खुशी हरू भेटिन्थ्यो की मनले जुनलाई छुन पाए ।
कतै हास्न सकिन्थ्यो की मनको बाध फुट्न पाए
संसार अर्कै हुन्थ्यो की त संकट सबै थुन्न पाए ।
पिडा सबै मेटिन्थ्यो की आँशुले नइ धुन पाए
जीवनको गहिराइ मा भित्र भित्रै डुब्न पाए ।!
यस्तै अन्जान गन्तब्य बिहिन जिबनको यात्राहरूमा कैयौ उथल पुथल हरू आउछन् शायद गनी के साध्य छ अनी भनि के साध्य छ र ...
रेशम श्रेष्ठ ।
पर्बत-हुवाश, ३
No comments:
Post a Comment