Saturday, December 29, 2012

म त आँफै कही कतै हराउन चाहन्छु

म त आँफै कही कतै हराउन चाहन्छु
संसार नै सुन्य-सुन्य गराउन चाहन्छु ।

धेरै भइसक्यो अब त अशान्ती यहाँ
मनमै सुन्दर छहरा झराउन चाहन्छु ।

खाली छ यहाँ सबैको लोभको भकारी
दिमागमै ज्ञानगुनले भराउन चाहन्छु ।

सोच कसैको भेटिएन राम्रो भन्ने पनि
बिउ राम्रो बिचारको छराउन चाहन्छु ।

देखेर नियेती बेचैन हुन्छु आँफै-आँफै
पिडालाई पोख्दै-पोख्दै कराउन चाहन्छु ।

रेशम श्रेष्ठ
पर्वत, हुवाश्-३ ।


जिन्दगीमा शायद म रमाउन सकिन कि

जिन्दगीमा शायद म रमाउन सकिन कि
सबैलाई खुशी शायद बनाउन सकिन कि ।

चाहना यो कती कती पुरा गर्न नसकिने
लोभी मन भर्ने गरी कमाउन सकिन कि ।

लर्खराउछु कहिलेकाही बहकिदै आँफै
उभिने लौरी राम्रो समाउन सकिन कि ।

आफ्ना नै पराइ हुने दिन रहेछ कस्तो
खुशीहरु आँफैमा जमाउन सकिन कि ।

रेशम श्रेष्ठ
पर्वत, हुवाश्-३ ।

Friday, December 28, 2012

हराएको थिए कतै आज फेरी आउँदै छु

हराएको थिए कतै आज फेरी आउँदै छु 
सम्झनामै छन ति अतित फेरी पाउदै छु म।

चुपचाप बसेर टुलु - टुलु कती हेर्नु खै
भाबनालाई सँगालेर गीतहरु गाउदै छु म ।

जब साथ थियो भएन वास्ता केही
अहिले त कल्पनाकै धुरी छाउदै छु म ।

मुल नै थियो जतिबेला पिउनै सकिन
आजकल थोपाथोपा सँगाल्न धाउदै छु म ।

आफ्नैले चोट दिन्छन भित्रभित्रै दुख्छ
सन्चो हुने बहानामा मलम लाउदै छु म ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Thursday, December 27, 2012

कस्ता खानेकुरा खाने ?


काठमाडौ, पुस ११ - खाद्यपदार्थ र त्यसको उपयोगको तौरतरिकालाई लिएर विश्वभर अनेकौं धारणा प्रचलित छन् । यसमध्ये कतिपय धारणा वैज्ञानिक हिसाबले सत्य छन् भने कतिपय केवल भ्रमपूर्ण देखा पर्छन् ।

बेलुकाको पाँच बजेपछि कार्बोहाइड्रेडयुक्त भोजन खानु हुन्छ कि हुँदैन ?

यदि तौल नियन्त्रण गर्ने हो भने पाँच होइन सात बजेपछि कार्बोहाइड्रेडयुक्त पदार्थ खानुहुँदैन । राति त्यस्ता चीज खानुपर्छ जुन सजिलैसँग पच्न सक्छन् ।

केरा र स्याउमा आइरन बढी हुन्छ । त्यसैले काटेपछि तिनको रंग परिवर्तन भएर

रातोरातो वा खैरो हुन्छ ?

खैरो हुने कारण आइरन नभई इन्जाइम हो । खैरो रंग गाढा हुँदै जानुका पछाडि ती फलहरूमा हुने फिनालिक कम्पाउन्डको अक्सिडेसनले भूमिका खेलेको हुन्छ, यो कम्पाउन्ड हावाको सम्पर्कमा आएपछि रंग परिवर्तन हुन्छ ।
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"