Wednesday, March 13, 2013

तिमिलेनै खोला तार्यौ र त लेख्दैछु


तिमिलेनै खोला तार्यौ र त लेख्दैछु
अन्तै त्यो मन सार्यौ र त लेख्दैछु ।

जिन्दगीमा संगै जिउने अनी मर्ने रहर
हुन्छ हुन्छ भन्दै टार्यौ र त लेख्दैछु ।

कसम मैले खाए रुवाउने छैन भनि
सम्झिएर मेरै आसु झार्यौ र त लेख्दैछु ।

लाग्थ्यो यो माया हाम्रो जूनी-जूनीको
तड्पी-तड्पी बाच्ने पार्यौ र त लेख्दैछु ।

हुनेछ बरु यो जीवनको अन्त्य सहज
जिन्दगीमा जिउदै मार्यौ र त लेख्दैछु ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Tuesday, March 12, 2013

बिना आगो पनि यो दिल जल्दैछ आज

बिना आगो पनि यो दिल जल्दैछ आज
सम्झनामै कति दिन त्येसै टल्दैछ आज ।

यो मनमा शान्ति छैन खै किन हो
कल्पनाकै राको दन्दनी बल्दैछ आज ।

थाहै भएन यो मनले चोट कति सहेछ
एक्पछी अर्को गर्दै मुटु आफै गल्दैछ आज!

सूख त केबल आफ्नै सपना हुदैछन
दुखले नै धेरै जताततै झेल्दैछ आज ।

रेशम श्रेष्ठ
हुवश्-३,पर्वत ।

Sunday, March 10, 2013

सोच्दैछु आजकल त्यस्तो आधार कहाँ छ

सोच्दैछु आजकल त्यस्तो आधार कहाँ छ
खोज्दैछु पाउने सूखको ब्यापार कहाँ छ ।

जिन्दगीमा बाच्नु कति दु:ख बोकेर
सुखी, शान्तिको त्यो संसार कहाँ छ ।

मनभरी रहर अनी  उमंग ले छाउदा
सोध्छु न्यानो अङगालोको पाहार कहाँ छ ।

चाहना छ तनमा मनमा खुशीहरू ल्याउने
हेर्छु जताततै खुशीको  बहार कहाँ छ ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"