.jpg)
काठमाडौ, श्रावण २७ - मधुमेह लागेका बढी तौलका रोगीको तुलनामा कम वा सामान्य तौल भएकाको मृत्यु दर बढी हुने देखिएको छ ।
नर्थ वेस्टर्न विश्वविद्यालयको अध्ययनले सामान्य वा कम तौल भएका मधुमेह रोगीमा मोटो रोगीको तुलनामा मृत्यु दर र संख्या दुवै बढी हुन्छ । यो अध्ययन ४० वर्षभन्दा माथिका २ हजार ६ सय २५ अमेरिकी महिला र पुरुषमा गरिएको थियो । अध्ययनमा सामान्य तौलका १० प्रतिशत रोगी मधुमेहको सिकार भएका थिए ।
अध्ययन अनुसार, सामान्यतः मोटो हुनु मात्रै मधुमेहको कारक नभई पारिवारिक इतिहास -जेनेटिक्स), नश्ल र उमेरको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । अध्ययन दलका नेतृत्वकर्ता प्रा. मर्सिडिज केरेथेनका अनुसार, 'निष्कर्षले यो सावित हुन्छ कि, जनसंख्याको एउटा विशिष्ट खण्डसँग मधुमेह र यसवाट मृत्युको बढी खतरा छ । सम्भावना यो पनि छ कि यसबाट प्रत्येक व्यक्तिको आनुवांशिक इतिहास पनि एउटा कारक हुन सक्छ ।'
केरेथनका अनुसार कतिपय समय चिकित्सक समेत सामान्य तौल भएकाहरूलाई मधुमेह हुन सक्छ भन्ने जान्दैनन् तर यो सम्भव हुनुको साथै उनीहरूमा मृत्युको सम्भावना बढी हुन्छ ।
अदुवा फाइदाजनक अदुवाले मधुमेहलाई नियन्त्रण गर्न सक्ने हालैको अध्ययनले दाबी गरेको छ । यो अनुसन्धान प्लान्टा मेडिको जर्नलमा प्रकाशित छ ।