Sunday, August 5, 2012

सेतीवेणी बजारनै डुब्ने खतरा

दुर्गाप्रसाद शर्मा, पर्वत

पानी परेपछि सेतीवेणीबजारका बासिन्दा निदाउन सक्दैनन, कतिबेला कालीगण्डकी नदी र सेतीखोलाको बाढी बजारमा पस्ने हो भन्ने त्रासले उनीहरू रातभर जाग्राम बस्न बाध्य भएका छन्।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डकी “ए” जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा परेको छ। सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको पिंढीखोलामा पर्ने बजार क्षेत्रमा झन्डै डेढ सय व्यापारी तथा सर्वसाधारणका परिवार रातभर ज्राग्राम बस्दै आएका हुन्।
वर्षाका कारण बिहीबार कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेर अरूको घरमा शरण लिन पुगेको बजार संरक्षण समितिका सचिव विष्णु न्यौपानेले बताए। “बाढीबजारमा पस्न थालेपछि सामान सारेर छिमेकी कहाँ शरण लिन पुग्यांै”, उनले भने –“अहिले पनि बाढीको त्रास नघटेकाले रातभर जाग्राम बस्दै आएका छौं।”
बजार संरक्षण समितिका सचिव न्यौपानेका अनुसार रातभर पालो गरेर जाग्राम बस्दै आएका छन्। “वर्षायाममा बाढीको त्रासमा साउन र भदौ महिना जाग्राम बस्नुपर्ने अवस्था छ”, उनले भने– “बजार संरक्षणका लागि दीर्घकालीन योजना नबनाएसम्म यो त्रास रहिरहन्छ।”

बिहीबारको बाढीले स्याङ्जातर्फको भागमा कटान शुरु गरेकाले बाढीको मात्रा बढेमा जुनसुकै बेला पनि बाढी पसेर बजार बगाउन सक्छ। सेतीखोलाले लगाएका एक दर्जनभन्दा बढी जाली बगाइसकेको छ। बिहीबारको बाढीले पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका संरचना डुबाएको थियो।
सिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीन समेत बगाएकाले शिलामा दर्शन गर्न जानै नसक्ने अबस्था आएको स्थानियबासी बताउँछन। यस्तो अबस्था जुनसुकै अबस्थामा पनि आउन सक्छ” सेतीबेणीमा बासिन्दा जय न्यौपानेले भने – बजारका बासिन्दाले बर्षामा त्रासमै दिनरात बिताउँदै आएका छौ। तीन बर्ष पहिले २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैभर त्रास थप्ने गरेको न्यौपानेले बताए। 
कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी एको बाँधका सबै ढोका खोलिएको छ। ढोका खोल्दा पनि बाढी बढ्दा बजार जुनसुकै बेला पनि डुब्ने खतरा रहेको छ। कालीगण्डकीको बाँधका कारण बजार डुबानको खतरा बढेपछि रातभर जाग्राम बस्ने सेतीबेणीबासीलाई बिद्युत प्रांधिकरणले झनै दुःख दिएको छ। जलबिद्युत केन्द्र प्रभाबित क्षेत्रमा लोडसेङि हटाउनुपर्नेमा उल्टो लोडसेडिङ गर्दा बाढी बढेर भाग्न समेत कठिनाई हुने गरेको बजार संरक्षण समितिका सचिब बिष्णु न्यौपाने बताउँछन। “रातभर बिजुली बलेको भए भाग्न त सजिलो हुन्थ्यो” उनले भने –“घरमा बस्न त सकिएन, भाग्न पनि अध्यारोले समस्या पारेको छ” सेतीबेणी बजार डुबानमा परेको बारे आफुँलाई आधिकारीक रुपमा जानकारी नआएको बताउँदै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बजारमा तटबन्ध निर्माणका लागि पहल गर्ने बताए।



No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"