मिल्दै नमिल्ने तिम्रो मेरो ठहर, भयो कस्तो

बस्ति थियो सुनसान बिना आवाजको
कल्पनाको संसार आज शहर, भयो कस्तो !
खहरे सरि छ वर्षायामको आउछ बेला बखत
पानी बिनाको भरि भराउ छ नहर, भयो कस्तो !
बिर्सदैछु यादहरु साट्दैछु पानामा व्यथाहरु
कहिलेकाही झस्काउने एक पहर, भयो कस्तो !
तिम्रो मेरो मिलन सम्झी एकान्तमा अझैपनि
दिन अनि रात काट्ने मेरो रहर, भयो कस्तो
मिल्दै नमिल्ने तिम्रो मेरो ठहर, भयो कस्तो .........
रेशम श्रेष्ठ !
पर्बत, हुवाश - ३