
सबैलाई दुख्ने दुखाइको चोट एउटै हो
सबैलाई सितल दिने त्यो बोट एउटै हो ।
ढाक्छन सबै आफ्नो गल्तीहरु यहाँ
नदेखाएनी देखिने सबैको खोट एउटै हो ।
मान्छेमा सोच ठुलो आफ्नै भन्छन्
भ्रस्ट नेताहरू बनाउने भोट् एउटै हो ।
भाग्छन सबै पछी पछी पाउनलाई
मनमा खुशी दिलाउने नोट एउटै हो ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।