Saturday, December 29, 2012

म त आँफै कही कतै हराउन चाहन्छु

म त आँफै कही कतै हराउन चाहन्छु
संसार नै सुन्य-सुन्य गराउन चाहन्छु ।

धेरै भइसक्यो अब त अशान्ती यहाँ
मनमै सुन्दर छहरा झराउन चाहन्छु ।

खाली छ यहाँ सबैको लोभको भकारी
दिमागमै ज्ञानगुनले भराउन चाहन्छु ।

सोच कसैको भेटिएन राम्रो भन्ने पनि
बिउ राम्रो बिचारको छराउन चाहन्छु ।

देखेर नियेती बेचैन हुन्छु आँफै-आँफै
पिडालाई पोख्दै-पोख्दै कराउन चाहन्छु ।

रेशम श्रेष्ठ
पर्वत, हुवाश्-३ ।


जिन्दगीमा शायद म रमाउन सकिन कि

जिन्दगीमा शायद म रमाउन सकिन कि
सबैलाई खुशी शायद बनाउन सकिन कि ।

चाहना यो कती कती पुरा गर्न नसकिने
लोभी मन भर्ने गरी कमाउन सकिन कि ।

लर्खराउछु कहिलेकाही बहकिदै आँफै
उभिने लौरी राम्रो समाउन सकिन कि ।

आफ्ना नै पराइ हुने दिन रहेछ कस्तो
खुशीहरु आँफैमा जमाउन सकिन कि ।

रेशम श्रेष्ठ
पर्वत, हुवाश्-३ ।

Friday, December 28, 2012

हराएको थिए कतै आज फेरी आउँदै छु

हराएको थिए कतै आज फेरी आउँदै छु 
सम्झनामै छन ति अतित फेरी पाउदै छु म।

चुपचाप बसेर टुलु - टुलु कती हेर्नु खै
भाबनालाई सँगालेर गीतहरु गाउदै छु म ।

जब साथ थियो भएन वास्ता केही
अहिले त कल्पनाकै धुरी छाउदै छु म ।

मुल नै थियो जतिबेला पिउनै सकिन
आजकल थोपाथोपा सँगाल्न धाउदै छु म ।

आफ्नैले चोट दिन्छन भित्रभित्रै दुख्छ
सन्चो हुने बहानामा मलम लाउदै छु म ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Thursday, December 27, 2012

कस्ता खानेकुरा खाने ?


काठमाडौ, पुस ११ - खाद्यपदार्थ र त्यसको उपयोगको तौरतरिकालाई लिएर विश्वभर अनेकौं धारणा प्रचलित छन् । यसमध्ये कतिपय धारणा वैज्ञानिक हिसाबले सत्य छन् भने कतिपय केवल भ्रमपूर्ण देखा पर्छन् ।

बेलुकाको पाँच बजेपछि कार्बोहाइड्रेडयुक्त भोजन खानु हुन्छ कि हुँदैन ?

यदि तौल नियन्त्रण गर्ने हो भने पाँच होइन सात बजेपछि कार्बोहाइड्रेडयुक्त पदार्थ खानुहुँदैन । राति त्यस्ता चीज खानुपर्छ जुन सजिलैसँग पच्न सक्छन् ।

केरा र स्याउमा आइरन बढी हुन्छ । त्यसैले काटेपछि तिनको रंग परिवर्तन भएर

रातोरातो वा खैरो हुन्छ ?

खैरो हुने कारण आइरन नभई इन्जाइम हो । खैरो रंग गाढा हुँदै जानुका पछाडि ती फलहरूमा हुने फिनालिक कम्पाउन्डको अक्सिडेसनले भूमिका खेलेको हुन्छ, यो कम्पाउन्ड हावाको सम्पर्कमा आएपछि रंग परिवर्तन हुन्छ ।

Saturday, November 3, 2012

यो संसार देखेरनै सिक्दैछु म

यो संसार देखेरनै सिक्दैछु म
गजलहरू लेखेरनै सिक्दैछु म ।

जिन्दगीमा रमाउने रहर मेरो
सबै पिडाहरू छेकेरनै सिक्दैछु म ।

जब तिम्रो साथ छुटेर गयो
सबैसँग लखेटिएरनै सिक्दैछु म ।

सजाएका तिम्रै नामका पानाहरू
बिबस मनबाट मेटेरनै सिक्दैछु म ।

कोशिश् मेरो माथि चढ्ने धेरै
फसेछु दल्दलमा टेकेरनै सिक्दैछु म ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Wednesday, October 31, 2012

यो मन नै बहलाउने पहरको दोश हो कि

यो मन नै बहलाउने पहरको दोश हो कि
तिमीमा डुब्ने नशालु नजरको दोश हो कि ।

समय नै कस्तो कठिन भइरहेछ आजकल
मायालुलाई अङाल्ने यो रहरको दोश हो कि ।

सकिदैन यहाँ सम्झाउन कोही कसैलाई
पुराना ति सस्कार मेट्ने शहरको दोश हो कि ।

खोला-नाला डाँडा पाखा बिर्सिए सबैले
आधुनिक्ता छाइदिने त्यही नहरको दोश हो कि ।

पर्देसमै धन छ सोच्छ सबै यो दुनियाँ
बिदेशिको गुलाम हुने लहरको दोश हो कि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Monday, October 29, 2012

धेरै दिनमा आज आएछु है म


धेरै दिनमा आज आएछु है म
मनभरी खुशीहरु ल्याएछु है म ।

पर्तिक्षामा बस्दाबस्दै दिनहरु बित्यो
आज त तिम्रो साथ पाएछु है म ।

मनमा पनि रमाइलो छाउदैछ मेरो
गुनगुनाउदै गीत पो गाएछु है म ।

थाहाहै भएन यो मन्लाई के भयो
ख्यालख्यालमै माया पो लाएछु है म ।

रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्वत

यो मनको चाहना कहिले टुटाउन नपरोस


यो मनको आश कहिले टुटाउन नपरोस
मायामा जिबन कहिले छुटाउन नपरोस ।

माया त हुन्छ दुई मुटुको बिचमा
त्यही मायामा कोही जुटाउन नपरोस ।

स्वार्थमा लाग्दैछ दुनियाँ सबै यहाँ
पाउन आफ्नै अस्तित्व लुटाउन नपरोस ।

जिबनमा चोट नहुने शायद को छ र ?
पिडा परी भक्कानो फुटाउन नपरोस ।

रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्वत

Wednesday, October 10, 2012

सबैलाई दुख्ने दुखाइको चोट एउटै हो

सबैलाई दुख्ने दुखाइको चोट एउटै हो
सबैलाई सितल दिने त्यो बोट एउटै हो ।

ढाक्छन सबै आफ्नो गल्तीहरु यहाँ
नदेखाएनी देखिने सबैको खोट एउटै हो ।

मान्छेमा सोच ठुलो आफ्नै भन्छन्
भ्रस्ट नेताहरू बनाउने भोट् एउटै हो ।

भाग्छन सबै पछी पछी पाउनलाई
मनमा खुशी दिलाउने नोट एउटै हो ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Sunday, September 30, 2012

मैले जस्तै तिमीले नि जिएर हेर


मैले जस्तै तिमीले नि जिएर हेर
फाटेको त्यो मनलाई सिएर हेर ।

मन मेरो सधैंसधैं रुने गर्छ किन
मुल्य आशुको कती छ पिएर हेर ।

मान्छे भै मान्छे सरी बाच्नु पर्छ
जिबनमा चोखो माया दिएर हेर ।

नबेच्नु है माया मेरो उधारोमा
सापटिमै दिउला बरु लिएर हेर ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Friday, September 28, 2012

अनौठो कथा रहेछ यो जिन्दगी

अनौठो कथा रहेछ यो जिन्दगी
ब्यथाहरु अनेक सहेछ यो जिन्दगी ।

खोजी हिड्दैछु खुशीहरु कहाँ कहाँ
सुखको नाममा पिडा भएछ यो जिन्दगी ।

बुद्दको नाम मात्रै छ अब त संसारमा
शान्ति शान्ति भन्दै लडेछ यो जिन्दगी ।

खै के भन्नु छ र यो दुनियाँलाई
बाँच्नकै लागि आँफै मरेछ यो जिन्दगी ।

रेशम श्रेष्ठ
हुवास-३, पर्वत ।

Wednesday, September 26, 2012

आँफै महान मान्नेहरूलाई के भनौ म

आँफै महान मान्नेहरूलाई के भनौ म
संसार आफ्नै ठान्नेहरूलाई के भनौ म ।

स्वाभिमानको परिभासा दिन्छन् आफै
व्यबहार अनेक जान्नेहरूलाई के भनौ म ।

दिनै पिच्छे परिवर्तन हुन्छ यहि मान्छे
राम्रो देखेर अर्कै छान्नेहरूलाई के भनौ म ।

चाहदैनन कोहि कसैको राम्रो होस् भन्ने
खुड्किलोमै खुट्टा तान्नेहरूलाई के भनौ म ।

अनायसै रमाउछन खोक्रो भासणमा यहाँ
पिडा परेकै बेला हान्नेहरूलाई के भनौ म ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Sunday, September 23, 2012

तिमी त मेरै मनमा आएर गयौ

तिमी त मेरै मनमा आएर गयौ
मलाई भने हरपलमा सताएर गयौ ।

हराउछु कता कता डुबेर तिम्रै यादमा
नाम तिम्रै जप्दै हिंड्ने बनाएर गयौ ।

भए आज म बेवारीसे घर न घाट्को
हुँदा मेरो उठिबास तिमी रमाएर गयौ ।

खुशी छौ रे तिमी त आजकल निकै
मेरै पिडाको खुशीमा गीत गाएर गयौ ।

स्वार्थमा नै संसार जित्ने रहेछन यहाँ त
अद्रिस्य एउटा त्यस्तो पाठ पढाएर गयौ ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Thursday, September 20, 2012

किनेर ज्ञान पाउनु कसरी

किनेर ज्ञान पाउनु कसरी
मागेर खुशी छाउनु कसरी ।

माया कस्तो अनमोल रहेछ्
आसु पिएर पिरती लाउनु कसरी ।

भन्छन गाउनुपर्छ मनको बह पोख्नुपर्छ
खुशी छैन मनमा गाउनु कसरी ।

बाटो कुर्दै थ्ये तिमी आउछौकी भनि
चौतारीमा बस्न मात्रै धाउनु कसरी ।

कल्पेर बित्दैछन दिनहरू मेरा
थकित भैसकेछु अब आउनु कसरी ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

तिम्रै काखमा बस्ने मन छ मलाई

तिम्रै काखमा बस्ने मन छ मलाई
तिम्रै दिलभित्र पस्ने मन छ मलाई ।

चाहन्छु हरपलमा साथ होस् तिम्रो
पाएर तिमी अँगालोमा कस्ने मन छ मलाई ।

रमाउनु छ धेरै बिर्सिएर दुनियाँलाई
लाएर तिम्रै मायामा फस्ने मन छ मलाई ।

छाउछ रे खुशी मायामा पिडाहरु हराएर
मायाकै तिरबाट खस्ने मन छ मलाई ।

हुनेछौ सदा हामी मायाका दुई पंक्षि
भएर संगै खरानी घस्ने मन छ मलाई ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Wednesday, September 19, 2012

तिमीलाई सम्झने यो मनले बेहाल बनायो

तिमीलाई सम्झने यो मनले बेहाल बनायो
बगेर आसु मन भित्रै मेरो ताल बनायो ।

लाग्छ यो ज्यान अडिएछ तिम्रै मायामा
याद्ले नै तिम्रो छचल्किने छाल बनायो ।

दौडन्थे म निकै खै  के भयो आजकल
संगतले तिम्रै मेरो सुस्त चाल बनायो ।

बाटो पनि अल्मलिन्छ कुन्नी किन हो
अल्झाएर तिम्रै मायालेनै झाल बनायो ।

बुझ्नै नसकिने यो माया कस्तो हो
मलाई बाध्ने त्यहि एउटा जाल बनायो ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Tuesday, September 18, 2012

सपनिमै भएपनी मज्जाले नाचे मैले


सपनिमै भएपनी मज्जाले नाचे मैले
मर्काएर कम्मर निकै नै भाचे मैले।

आउछ की दिन हाम्रो भन्दै भन्दै
पर्तिक्ष्या को घडी संगै बाचे मैले ।

आधी रातमा झस्किए देखेर सपना
सम्हाल्दै आफैलाइनै जाचे मैले ।

जिन्दगी यो जिउनुपर्छ आउदैन फर्केर
भई जिउदो लास आफैलाई साचे मैले ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Thursday, September 13, 2012

छैनन कोहि आफ्नो भन्ने जान्दैछु म


छैनन कोहि आफ्नो भन्ने जान्दैछु म
स्वार्थमै छ यो दुनिया भन्ने ठान्दैछु म ।

आफ्ना भन्नेहरू ले नै भाउ खोजे पछि
मुल्य रहेछ मान्छेको भन्ने मान्दैछु म ।

बुझ्ने कोही भेटिएन जिन्दगीको बाटो
बिचारको मार्ग आफ्नै छान्दैछु म ।

बुझ्दैछु आज जिन्दगीले रुवाउदो रैछ
आफ्नै मुटुमा भित्रभित्रै छुरा हान्दैछु म ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Wednesday, September 12, 2012

तिम्रै यादमा घुट्की नशाको पिएर बस्दैछु

तिम्रै यादमा घुट्की नशाको पिएर बस्दैछु
तिम्रै प्रतिक्षामा म त आफै खिएर बस्दैछु ।

खुशीको बाहार ल्याउछु तिम्रै लागि भन्दै
सबैसबै पिडाहरू आफैसँग लिएर बस्दैछु ।

जीवन बित्दैछ मरुभुमीमा बनेर बन्दकी
रगत पसिना अर्कैको लागि दिएर बस्दैछु ।

साथ् तिम्रो भयो केबल आफ्नै कल्पनामा
दिनहरू ती मिलनका सम्झिएर बस्दैछू ।

गाह्रोरहेछ् यो जिन्दगी  जिउनलाई एक्लै
टुक्रिएको मुटु मेरो आफै सिएर बस्दैछु ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Tuesday, September 11, 2012

शान्ति खै कहाँ छ खोज्दै छू म

शान्ति खै कहाँ छ खोज्दै छू म
बुद्दको बाटो त्येही रोज्दै छू म ।

सबैको मन परिवर्तन गर्ने कसरी
मार्ग दर्शन त्येस्तै सोच्दै छू म ।

बुझ्नै कठिन छ यो लडाईं केको
चहाना आफ्नै जितको बोक्दै छू म ।

खै कहाँ गयो मान्छेको मन यहाँ
खुसीको नाममा पिडा भोग्दै छू म ।

बेच्दानी पसिना किनिएन खुशीहरू
मुल्य रैछ कति आफ्नै जोख्दै छू म ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Sunday, September 9, 2012

बुझ्नु पर्छ एक्दिन हामी मर्नु पर्छ भनी

बुझ्नु पर्छ एक्दिन हामी मर्नु पर्छ भनी
बाचेर केही राम्रो काम गर्नु पर्छ भनी ।

सोच्छन सबै लडाईं आँफैले जित्नु पर्छ
बुझौ जित हुन्न सधैं तल झर्नु पर्छ भनी ।

नदी जस्तै जिबन बग्छ फर्किदैन कहीलेइ
नबिर्सनु जिन्दगीमा कैयौ खोला तर्नु पर्छ भनी ।

बुझे हुन्थ्यो सबैले गरौ काम नमेटिने
फूलको जस्तो मिठो सुभाश छर्नु पर्छ भनी ।

लोभी मनको भकारी भरिदैन कहिले पनि
जानौ राम्रो सोच बिचारलेनै भर्नु पर्छ भनी ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

कोहि हुन्छन् यहाँ आफ्नै नामको पछि

कोहि हुन्छन् यहाँ आफ्नै नामको पछि
कोही हुन्छन् यहाँ आफ्नै कामको पछि ।

गर्छन् दुनियाँ सबै तैछाड मैछाड
हुन्छन् त केबल उही दामको पछि ।

पिर छ सबैलाई बाच्ने हो कसरी
लाग्छन उही दुइछाक मामको पछि ।

पुग्ने रहर छ सबैको मरेर स्वर्ग
धाउछन मन्दिर चार धामको पछि ।

भेटिएन यहाँ राम्रो सोच कसैमा
हिड्छन अनायसै चक्काजामको पछि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Saturday, September 8, 2012

अनायसै म सँग झर्केर गयौ

अनायसै तिमी म सँग झर्केर गयौ
हिड्दा हिड्दै बिचैमा फर्केर गयौ ।

मायामा लाग्ने त्यो कस्तो घाऊ हो
दुख्दै थियो अझै नुन छर्केर गयौ ।

हेर्दा त अती राम्रो खोट केही देखिन
सिसा जस्तो मन तिम्रो चर्केर गयौ ।

बास गरि मेरै दिलमा सरेउ अर्कै तीर
चिप्लो बनायौ बानी आफ्नै सर्केर गयौ ।

मन थियो त तिमिलाई मेरै हुने
दोधारमा पर्यौ किन आँफै मर्केर गयौ ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्बत ।

गजलको बिस्तृत बयान


गजललाई अंग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा ग़जल, उर्दू भाषामा غزل भनिन्छ।
गजल भनेको प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो।
गजल भनेको प्राय ५ देखि ११ शेरहरू हुने उर्दु र फारसी कविताको एक प्रकार हो। यसका सबै शेरएउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। गजलको संग्रहलाई दीवान भनिन्छ।

Thursday, September 6, 2012

सबै युवाहरु देशबाट भाग्दैछन अब

सबै युवाहरु देशबाट भाग्दैछन अब
भस्ट्रचारी ढुकुटी सक्न लाग्दैछन अब ।

गरीब जनता गर्छन् आश् मात्रै
गासबास कपास माग्दैछन अब ।

यो देश बनाउने भएन कोहि यहाँ
भगवानको नाम जपी भाक्दैछन अब ।

नेताहरू सबै खेल्छन कुर्सी पाउने खेल
पाएर त्येही रस पदको चाख्दैछन अब ।

गाऊगाऊ बस्तीबस्ती सबै उठ्ने छ
जनताले उठाएर लौरी ताक्दैछन अब ।

हे भस्ट्रचारी अपराधीहरू हो सोच
गरीब सोझा जनताहरू जाग्दैछन अब ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

बगैचामा तिमीसंगै फूल्ने मन छ मेरो


बगैचामा तिमीसंगै फूल्ने मन छ मेरो
झुमेर तिम्रै नशामा भुल्ने मन छ मेरो ।

सारा मनका मेरा सूखदु:ख हरूलाई
तिम्रै अगाडि आएर खुल्ने मन छ मेरो ।

भ्याउनुछ घुमेर संसार यो धेरै छ
यात्री बनेर तिमीसंगै डुल्ने मन छ मेरो ।

पाएपछी तिमिलाई हराउछ भोक प्यास
बनेर तिम्रै मिठो निद्रा झुल्ने मन छ मेरो ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत

Tuesday, September 4, 2012

मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि



मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि
सुनकै महल भेटेदेखी झुप्रो छाउनु के को लागि ।

सूख मात्रै हुनेथ्यो त बिबस यो जिन्दगीमा
सधैं सधै दुख मात्रै पाउनु के को लागि ।

मनको पिडा सुनिदिने भेटिएन कोहि यहाँ
रोएर जतिबेलै गीत गाउनु के को लागि ।

भित्रभित्रै दुख्छ मनमा पोल्छ पनि कताकता
बाहिरै घाऊ देखाएर मलम लाउनु के को लागि ।

छोड्दैछन सबै आफ्नाहरू भन्नेले पनि
पिडा मात्रै दिनु छ भने आउनु के को लागि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

के अब पोर्न फिल्म बनाउने ?


ऐस/पछिल्लो पटक नेपाली सिने जगत विवादित हुँदै गएको छ । विशेषगरी समाजमा भद्दा सुनिने र अश्लिल लाग्ने शब्दको प्रयोग गरिएको चलचित्र लुटले अनपेक्षित सफलता हासिल गरेपछि भल्गर फिल्म बन्ने क्रम बढेपछि कलिउड विवादित बनेको हो । पैसा लुट्ने योजना बनाएको लुटबाट सकारात्मक भन्दा नकारात्मक पाठ सिकेका निर्देशक निर्माताले पछिल्लोपटक यौनको विषयलाई जोडतोडले उठाइरहेका छन् । अनावश्यक अंग प्रदर्शन, अधरपान र अश्लिल हर्कत समेटिएका नेपाली फिल्म यसअघि पनि नबनेका होइनन् तर तिनले सीमा नाघेका थिएनन् । तर अहिले बग्रेल्ती रुपमा निर्माण भैरहेका सिनेमाले भने सामाजिक मान मर्यादाको हद पार गरिरहेका छन् । सिनेमा क्षेत्रभित्र यो विकृति र विसंगतिको पराकाष्टा हो । पछिल्ला चरणमा निर्माण भएका ‘चपली हाइट’, ‘द लास्ट किस’, ‘एटीएम’ र ‘किन किन’ जस्ता फिल्म यस्तै विकृतिका नमुना हुन् ।
विनीता बराल, राज घिमिरे र आमिर गौतमले अभिनय गरेको चलचित्र 
‘चपली हाइट’ नेपाली समाजमा पाच्य हुन खालको देखिदैँन । उक्त चलचित्रमा लेख्नै नमिल्ने किसिमका शब्द संवादमा राखिएको छ । सुटिङका अधिकांश समय तीनजना गाँजा, रक्सी, चुरोट खानमै व्यस्त रहेको देखिन्छ । चपली हाइटले एडल्ट सर्टिफिकेट पाएको थियो । उक्त सर्टिफिकेट पाएको चलचित्रले १६ वर्र्ष भन्दा मुनिका दर्शकले हेर्न पाउँदैन । तर अधिकांश हलमा ९ वर्र्ष देखिका बालबालिका समेत उपस्थिति रहेको देखिन्थ्यो । जसका कारण विराटनगरमा युथफोर्सले विरोध गर्दा झण्डै झडप भएको थियो । नेपाली फिल्म ‘लुट’ र ‘चपली हाईट’ ले राखेका संवाद र दृश्यले चर्चा बटुलेपछि, नेपाली फिल्मको धार परिवर्तन भएको धेरैको बुझाई छ । यी दुई फिल्मपछि नेपाली फिल्म ‘द लास्ट किस’ को चर्चा पनि निक्कै चल्यो । चलचित्रमा नायिका सोभिता सिंखडाले चुम्बनका दृश्य प्रसस्तै दिएकी छिन् । यो चलचित्रमा त्यस्ता कैयौँ दृश्य रहेका छन् जहाँ चुम्वन र संवाद निक्कै भद्दा लाग्छन् ।

Monday, September 3, 2012

भारतमा पहिरोमा पुरिएर ७ नेपालीको मृत्यु


बैतडी, भाद्र १८ - सडक निर्माणका लागि भारत गएका ७ जना नेपाली मजदुरको दुई दिन अगाडि पहिरोमा पुरिएर मृत्यु भएको छ । पिथौरागढ जिल्लाको धार्चुला देखि ५० किलोमिटर उत्तर डरग्राम दर्मा एरियामा पाड्वा ग्राम सडक निर्माणमा संलग्न बैतडीको बिशालपुर र शर्माली गाविसका ७ जना शनिबार साँझ पुरिएका हुन । घटनामा चार जना घाइते भएका छन् ।  
मृत्यु हुनेमा बिशालपुर-२ रोकटाका ४३ वर्षीय मानध्वज लुहार, ३५ वर्षीय बिसनराम लुहार, ३२ वर्षीय श्यामराम भूल, ४० वर्षीय सन्तोष लुहार, ३० वर्षीय रामीराम लुहार, शर्माली-७ का २५ वर्षीय बीरेन्द्रराम सोनी र ४९ वर्षीय झुप्पुराम सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते मध्ये बिशालपुर-९ का २६ वर्षीय मानसिंह लुहार र शर्माली-८ का २० वर्षीय रमेश राम तिरुवा गम्भीर छन् । सडकमा काम गरिरहेका बेला माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । मृतकको शव ल्याउने पहल भईरहेको प्रहरी निरीक्षक बिचित्र शाहले बताए ।

प्रकाशित मिति: २०६९ भाद्र १८ १२:२० 

Sunday, September 2, 2012

Unicode

सोच्दैछु यो देशको गाथा लेखिन्छ की भनि


सोच्दैछु यो देशको गाथा लेखिन्छ की भनि
खोज्दैछु बिरता र वीरहरू भेटिन्छ की भनि ।

सुन्दर त्येही हिमालका पाखा पखेरा हरूमा
हेर्दैछु चम्किलो मुहारहरू देखिन्छ की भनि ।

वीरहरूको रगतले लेखिएको  ईतिहासलाई
छोप्दैछु ती बिरताको  गाथाहरू मेटिन्छ की भनि ।

नियाल्दैछु ती कल्कलाउदो सुन्दर मुनाहरूलाई
कसैको क्षर्णीक स्वार्थमा नै रेटिन्छ की भनि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Friday, August 31, 2012

कतैकतै मन मेरो टुटेको छ आज

कतैकतै मन मेरो टुटेको छ आज
सबैसबै सपनाहरु फुटेको छ आज ।

छैन कुनै रस पनि मनमा मेरो
मकैसरी आफ्नैले भुटेको छ आज ।

पाउछु साथमा पिडामात्रै सधैं सधैं
पिर ब्यथा सबै नै जुटेको छ आज ।

लाग्छ चोरी भएझै मेरो खुशीहरु
दुनियाँले मलाईनै लुटेको छ आज ।

मनमुटु आँफै आँफै लडेको छ
भित्रभित्रै यही मनले कुटेको छ आज ।

यात्रा धेरै छ लामो जिन्दगीको
जोड्ने डोरी कतै अन्तै छुटेको छ आज ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Numbered Page Navigation For Blogger





1.Login to Blogger Dashboard and navigate to Layout > Edit Html
2.Don’t click the checkbox which says ‘Expand Widget Templates’
3.Now find

Thursday, August 30, 2012

आज एउटा मेरै गीत, गाउदैछु म

आज एउटा मेरै गीत, गाउदैछु म
लागेर तिम्रै पछिपछि, धाउदैछु म ।

खुशी छू धेरै पाएर साथ् तिम्रो
नजानेनी माया प्रिती, लाउदैछु म ।

थाहा थिएन अर्थ केही जीन्दगीको
तिमी आएर नयाँ जीवन,पाउदैछु म ।

खोज्दैछु तिम्रै खुसी भेटाउलानी भनी
संगै हिंड्ने बाटो हाम्रो, बनाउदैछु म ।

तड्पि बस्दा धेरैकुरा खेल्छ मनभरी
तिम्रो मेरो दुरी मेट्न, आउदैछु म ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Wednesday, August 29, 2012

निर्दोस भएर पनि लुक्नु के को लागि

निर्दोस भएर पनि लुक्नु के को लागि
गल्ति नभएर पनि झुक्नु के को लागि ।

आशा मरिसक्यो अब यहाँ सबैको
पाउने केही नभएपछि ढुक्नु के को लागि ।

आवाज मात्रै ठुलो छ गर्दैनन कोहि केही
भुस्याहा कुकुर सरी भुक्नु के को लागि ।

भुतप्रेत ले छोएको थियोकी कुनै रोगले
मरिसक्यो त धामीले फुक्नु के को लागि ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Tuesday, August 28, 2012

तिम्रै लागि देवीदेउता भाकेर बसे

तिम्रै लागि देवीदेउता भाकेर बसे
तिम्रो चिनो रुमाल साथमा राखेर बसे ।

झल्को तिम्रो धेरैधेरै आउँदा मनभरी
तस्बिर तिम्रो यहि हातले छामेर बसे ।

सपनिमा आउछौ तिमी साथ जतिखेर
उज्यालो त्येही बिपनीलाई डाकेर बसे ।

हुन्छौ तिमी जतिखेरै मन्को मझेरीमा
तिम्रै लागि रहर मेरो साचेर बसे ।

मनमुटु तिम्रै नाममा अर्पेको छू मैले
देख्दिन तिम्रो गल्तिहरू राम्रै ठानेर बसे ।

रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्बत ।

Monday, August 27, 2012

संसारलाई उज्यालो दिन आफै बलेर के पायौ


संसारलाई उज्यालो दिन आफै बलेर के पायौ
दुनियालाई खरानी बनाउन आफै जलेर के पायौ ।

सुन्दर यो संसारको महत्व बुझिनौ तिमिले
आफ्नै समस्या लुकाएर सबैलाई छलेर के पायौ ।

जीवन एउटा फूल हो फुलाउनु पर्छ सबैले
सानो बोट तिमी एउटा आफै ढलेर के पायौ ।

हिड्नु थियो धेरै लामो बाटो जिन्दगीको
आधी बाटो नहिड्दै बिचैमा चलेर के पायौ ।

रेशम श्रेष्ठ
हुवाश - ३, पर्वत ।

नेपाल कालोसूचीबाट जोगियो


काठमाडौ, असार १० - सरकारले कालो धनलाई सेतो बनाउनबाट रोक्ने गरि दुइवटा कानुन अध्यादेशमार्फत जारि गरेपछि नेपाल कालोसूचिमा पर्नबाट जोगिएको छ । इटलीमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स -एफएटिएफ) को वैठकले नेपालको अवस्थामा सुधार नभए पनि नविग्रेको निष्कर्ष निकालेको छ । जस अनुसार नेपाल कालोसूचिमा भन्दा दुइ तह माथि पहिलेकै अवस्थामा यथावत रहेको छ ।

'नेपाल यथास्थानमा रहेको खबर आएको छ,' राष्ट्र बैंकका डेपुटि गभर्नर महाप्रसाद अधिकारीले कान्तिपुरसित भने । एफएटिएफको उक्त निर्णयपछि झण्डै १ बर्षका लागि नेपालको संकट टरेकेा छ । यसबीचमा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ मा संसोधन भने नेपालले गर्नुपर्नेछ । 'यसबीचमा अब केहि नीतिगत सुधार गर्नुपर्नेछ,' अर्थमन्त्रालयका सह सचिव बैकुण्ठ अर्यालले भने ।

Sunday, August 26, 2012

दिनहरू मेरो तिम्रै यादमा जलेर गयो


दिनहरू मेरो तिम्रै यादमा जलेर गयो
बिर्सेछैन अझै भन्दै छलेर गयो ।

उर्लेको कल्कलाउदो जवानी त्यो देख्दा
मेरै बिगतलाई फेरि अझै मलेर गयो ।

पलहरू तिमीसँगको थियो अती मिठो
अल्मलायो समयले अब ढलेर गयो ।

हिड्दै थिए म एक्लै यो जिन्दगीमा
दौडेर मेरो जीवन आफै चलेर गयो ।

चाहान्थे म सधैभरी मिठो साथ् तिम्रो
पर्खिएन ती दिनले पनि टलेर गयो ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्बत ।


खै कुन्नी के को चोट थियो


खै कुन्नी के को चोट थियो
नदेखाएनी देखिने खोट थियो ।

मिलन थियो त निकै बास्नादार
भेट्ने त्यै पिपलको बोट थियो ।

नभेट्दा तिमी साह्रै रिसाउथ्यौ
लोभ्याउने मेरै कालो कोट थियो ।

खै किन हो बिस्तारै टाढा हुँदै गयौ
शायद तिमीलाई किन्ने त्यै नोट थियो ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

तिम्रै जित हुन्छ भने, मै हारिदिउला के भो त


तिम्रै जित हुन्छ भने, मै हारिदिउला के भो त
तिम्रो यादमा दुइथोपाआँशु, झारिदिउला के भो त

बढ्नु अगाडि धेरै धेरै, शुभकामना मेरो तिमिलाई
मेरा रहर ईच्छाहरू चिचिलामै मारिदिउला के भो त

रोएर मै तिम्रो जिन्दगीमा, खुशी छाउछ भने
आफैलाई म बियोगमा, पारिदिउला के भो त

सहन्छु ब्य्थाहरू जतिसुकै, दिएपनी तिमिले
खुशीहरू भएजती तिमितिरै सारिदिउला के भो त

अर्थ छैन् जीवनको तिमिबिना जिउनु पर्दा
पागलको नाटक गरि टारिदिउला के भो त

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।


मनले मनलाई छुन्छ र खै


मनले मनलाई  छुन्छ र खै
मेरो कुरा कसले सुन्छ र खै ।

जमाना त छ ठुलाबडाकै
असक्तको नि पिडा हुन्छ र खै ।

काडा बिज्दा त कती दुख्छ
मर्दानी छैन आफ्नो को रुन्छ र खै ।

मनमा धेरै पाप पाल्नेहरु छन
त्यो मनको मैलो कस्ले धुन्छ र खै ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

कस्को भर पर्नु छ र आश् मरेपछी


कस्को भर पर्नु छ र आश मरेपछी
बोट्को अर्थ के हुन्छ र पात झरेपछी ।

एक्लास जिबन छ बन्दी आँफैमा
टोलाईरहन्छ भित्रभित्रै पिडा परेपछी ।

खुशीहरु खोज्दै थिए भेटिन्छकी भनी
पाउनु कसरी टपक्कै टिपेर अर्कैले हरेपछी ।

हुदोरैछ है चोटको पनि फुलबारी
जताततै पिर ब्यथाको बिउ छरेपछी ।

माया मोह के रैछ खै बुझ्नै नसकिने
मनमुटुनै कतै अन्तै बसाइ सरेपछी ।

रेशम श्रेष्ठ ।
हुवाश-३, पर्बत

काम भन्दानी धेरै कुरा गर्ने, देश भयो कस्तो


काम भन्दानी धेरै कुरा गर्ने, देश भयो कस्तो
नाम भन्दानी धेरै दाम छर्ने, देश भयो कस्तो ।

कुरा मात्रै ठुला छन् जनता भन्दा नेता धेरै
सोझा निमुखा गरिब नै मर्ने, देश भयो कस्तो ।

आशा कस्को नै छ र अब यहाँ गर्नलाई
छैन कुनै पुल यहाँ नदि तर्ने, देश भयो कस्तो ।

जनता लाई लडाएर नेता गर्छन मस्ती
छन् सबै आफ्नै पेट भर्ने, देश भयो कस्तो ।

खोला तर्छन लौरो बिर्सन्छन सबै यहाँ
भएन कोहि विश्वाश अनी भर पर्ने, देश भयो कस्तो ।

रेशम श्रेष्ठ
हुवाश - ३, पर्बत

Friday, August 17, 2012

राजधानीमा रात्रीबस सरर‌‌….


१ भदौ, काठमाडौं । शुक्रबारबाट राजधानीमा रात्रीबस सेवा सुरू भएको छ । रात्रीबसको उद्घाटन रत्नपार्कमा स्थानीय विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नु भएको थियो । उहाँले पनि केहीबेर बसको यात्रा गर्नुभयो । पहिलो दिनै सर्वसाधारणको निकै सहभागिता रह्यो ।
उद्‌घाटन समारोहमा महानगरपालिकाका कर्मचारी, सरकारी अधिकारी, ट्राफिक प्रहरीका अधिकृत, सञ्चारकर्मी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मात्र बस चल्नेछ ।
काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुरुको अनुभव हेरेर रातभरी पनि चलाउन सकिने प्रतिकृया दिएका छन् । अरु जे भएपनि राजधानीको सडकमा रात्रीबस चल्ने भयो भन्ने कुरालाई मात्र यतिबेला सबैले महत्व दिएका छन् । रातको समयमा सार्वजनिक गाडी नपाएर यात्रुले सास्ती भोग्न थालेपछि सरकारले रात्रीकालीन बस सेवा सञ्चालन गर्न लागेको हो ।

Wednesday, August 15, 2012

खड्काको राजनीतिक जीवन समाप्त


डेढ वर्ष कैद, १ करोड ८९ लाख बिगो र जरिवाना

श्रावण ३१ - जफत हुने सम्पत्ति
-
(क)    प्रतिवादी शिला शर्मा खड्काको नामको ल.पु.उ.म.पा.वडा नं.२ -क) कि.नं.२४९, क्षे.फ.१-६-१-१ लिखत मूल्य रु. २०,९२,०००। को जग्गा ।
(ख)    निजका नामको ल.पु.उ.म.पा.वडा नंं.२-क) कि.नं.१०७ को १-६-०-० र कि.नं.१८६ को क्षे.फ.०-१-१-० जग्गामध्ये घरबाहेकको जग्गाबाट रु. २०,५६,९८७।०२ बराबर भागहिस्सा ।
(ग)    प्रतिवादी खुमबहादुर खड्काका नाममा दर्ता रहेको बा.२.च.९५५५, खरिद मूल्य रु. २४,५०,०००। को मित्सुबिसी प्राडो गाडी ।
(घ)    आरोपपत्रको तालिका नं. ८ मा उल्लिखित प्रतिवादीसँग रहेको भनिएको तत्कालीन मूल्य रु.३,७५,१३५।११ बराबरको ३३ तोला सुन र २.९३ किलो चाँदी ।
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैदको फैसला गरेको छ । जेल सजायका अतिरिक्त उनले भ्रष्टाचार गरी कमाएको रकम ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ जरिवाना र त्यति नै बिगो तिर्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

Monday, August 13, 2012

नयाँ प्रधानमन्त्रीमा रानाभाटको दावी

२९ साउन, काठमाडौं । ‘भटटटलाई कार्वाही गर्, रटटलाई निलम्बन गर्………..’ दोस्रो जनआन्दोलन सफल भएर मुलुकमा लोकतन्त्र स्थापना भएको दिन कांग्रेस कार्यकर्ताले तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा लगाएको नारा हो यो ।
उतिबेला ज्ञानेन्द्र र पारससँगै तारानाथ रानाभाटको बिरोधमा पनि सडकमा नारा घन्किन्थ्यो । पार्टी र आन्दोलनमा उनको भूमिकाबारे अरुभन्दा बढी कांग्रेस कार्यकर्ता आक्रोशित थिए ।
२०५८ सालमा भएको दरबार हत्याकाण्ड छानवीनसमितिका संयोजक भएर प्रतिवेदन सार्वजनिक गर्ने बेला त्योबेलाका सभामुख रानाभाटले दरबारभित्र गोली यसरी चल्यो भनेर बन्दूक समाउँदै रटटटटटटटटटट, भटटटटटटट भनेका थिए । त्यसैले त्योबेलादेखि उनलाई धेरैले रटटटट र भटटटट भनेर जिस्क्याए । तिनै रानाभाटले जनआन्दोलनको बेला कुनै भूमिका खेलेनन् । पार्टीले सभामुख पद छाड्न आग्रह गर्दा पनि टेरेनन् । आन्दोलनको बिरोध गरे । त्यसैले जनआन्दोलन सफल भएपछि कांग्रेस कार्यकर्ताले उनलाई कार्वाही गर्न माग गरेका थिए । लोकतन्त्र स्थापना भए लगत्तै उनी सभामुखबाट बर्खास्त पनि भए ।
लोकतन्त्र स्थापना भएपछि रानाभाटले ऊबेलाको भूमिकालाई लिएर गल्ती महसुस गर्नुपथ्र्यो । तर त्यसो गरेनन् । जे गरें, ठीकै गरें भनेर उनी पार्टीमा फेरि जम्न खोजे । महाधिवेशनमा उम्मेद्वारी पनि दिए । तर, सफल भएनन् । अहिले उनी कांग्रेसमा भूमिकाविहीन जस्तै छन् । तर, आफू कांग्रेसको सक्रिय कार्यकर्ता नै ठान्छन् उनी ।
पार्टीमा त्यति सक्रिय नदेखिएपनि रानाभाट पूर्व सांसद मञ्चको अध्यक्ष भएर बेलाबेला सार्वजनिक ठाउँमा अनुहार देखाउँछन् । एकताका उनकै नेतृत्वमा संविधान बनाउनको लागि दबाब दिन भन्दै बानेश्वरमा रिले अनसन पनि भयो । संविधानसभा बिघटनपछि फाट्टफुट्ट रुपमा हुने यो काम पनि सेलाएको छ । तर सोमबार फेरि उनले एकपटक आफूलाई चर्चामा ल्याउन खोजे । राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा उनले आफूलाई प्रधानमन्त्रीको रुपमा दावी गरे ।

How to add moving text to Blog or website

Step 1. Go to Layout >> Add a Gadget and Add a new HTML/JavaScript Gadget
Step 2. In the HTML box, paste this below code as you wish and save :

Code For Simple Moving Text:
<marquee>This is moving text Moving Right to Left </marquee>
But Simple Moving Text Looks really ugly.
To make it attractive,we will add background colour to it by bgcolor="hexadecimal code".

Code For Moving Text With Background Colour:
<marquee bgcolor="#33cc99">This is moving text with Background Colour </marquee>
You will notice that text is not clearly readable.
So,we gonna change the colour of the text.

Saturday, August 11, 2012

अदुवा फाइदाजनक मधुमेह रोगीको लागि



काठमाडौ, श्रावण २७ - मधुमेह लागेका बढी तौलका रोगीको तुलनामा कम वा सामान्य तौल भएकाको मृत्यु दर बढी हुने देखिएको छ ।

नर्थ वेस्टर्न विश्वविद्यालयको अध्ययनले सामान्य वा कम तौल भएका मधुमेह रोगीमा मोटो रोगीको तुलनामा मृत्यु दर र संख्या दुवै बढी हुन्छ । यो अध्ययन ४० वर्षभन्दा माथिका २ हजार ६ सय २५ अमेरिकी महिला र पुरुषमा गरिएको थियो । अध्ययनमा सामान्य तौलका १० प्रतिशत रोगी मधुमेहको सिकार भएका थिए ।
अध्ययन अनुसार, सामान्यतः मोटो हुनु मात्रै मधुमेहको कारक नभई पारिवारिक इतिहास -जेनेटिक्स), नश्ल र उमेरको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । अध्ययन दलका नेतृत्वकर्ता प्रा. मर्सिडिज केरेथेनका अनुसार, 'निष्कर्षले यो सावित हुन्छ कि, जनसंख्याको एउटा विशिष्ट खण्डसँग मधुमेह र यसवाट मृत्युको बढी खतरा छ । सम्भावना यो पनि छ कि यसबाट प्रत्येक व्यक्तिको आनुवांशिक इतिहास पनि एउटा कारक हुन सक्छ ।'
केरेथनका अनुसार कतिपय समय चिकित्सक समेत सामान्य तौल भएकाहरूलाई मधुमेह हुन सक्छ भन्ने जान्दैनन् तर यो सम्भव हुनुको साथै उनीहरूमा मृत्युको सम्भावना बढी हुन्छ ।
अदुवा फाइदाजनक अदुवाले मधुमेहलाई नियन्त्रण गर्न सक्ने हालैको अध्ययनले दाबी गरेको छ । यो अनुसन्धान प्लान्टा मेडिको जर्नलमा प्रकाशित छ ।

Monday, August 6, 2012

साउनको महत्त्व



हरेक वर्ष आउने साउन महिना महिलाहरूका लागि विशेष हुन्छ । वास्तवमा साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । पौराणिक मान्यताअनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले भगवान् शिवलाई यो महिना विशेष हुन गयो । हुन त शिवको पूजाआजा बालाचतुर्दशी-मंसिर, माघे संक्रान्ति-माघ, शिवरात्रि-फागुन, अक्षय तृतीया-वैशाखजस्ता अरू महिनामा पनि विशेष रूपमा हुन्छ । यद्यपि महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्र हो । साउन महिनामा भगवान् शिवको पूजा गरी 'ॐ नमः शिवायः' को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ । 
हरेक महिनामा आउने चाडपर्व तिथिमितिको अर्थ महत्वपूर्ण छ । वषर्ायाम चलिरहेको हुँदा शास्त्रमा बताइए अनुसार धान रोप्नु, साउने संक्रान्तिमा लुतो फाल्नु, साउने सोमबार शिवको व्रत बस्नु आदि काम पिता पुर्खादेखिको  विश्वासमा साउन महिनाभरि गरिन्छ । अविवाहित भए असल श्रीमान्  र विवाहित भए श्रीमान्को दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति साउनभरि भगवान् शिवको पूजा-आराधना गर्ने चलन छ । हरियो चुरा, हरियो वस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन । साउन महिनामा हरियो चुरा, हरियो वस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरूलाई देख्दा हिन्दू संस्कार, संस्कृति र विश्वास अझ गाढा हुँदै गएको छ ।

Sunday, August 5, 2012

सेतीवेणी बजारनै डुब्ने खतरा

दुर्गाप्रसाद शर्मा, पर्वत

पानी परेपछि सेतीवेणीबजारका बासिन्दा निदाउन सक्दैनन, कतिबेला कालीगण्डकी नदी र सेतीखोलाको बाढी बजारमा पस्ने हो भन्ने त्रासले उनीहरू रातभर जाग्राम बस्न बाध्य भएका छन्।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डकी “ए” जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा परेको छ। सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको पिंढीखोलामा पर्ने बजार क्षेत्रमा झन्डै डेढ सय व्यापारी तथा सर्वसाधारणका परिवार रातभर ज्राग्राम बस्दै आएका हुन्।
वर्षाका कारण बिहीबार कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेर अरूको घरमा शरण लिन पुगेको बजार संरक्षण समितिका सचिव विष्णु न्यौपानेले बताए। “बाढीबजारमा पस्न थालेपछि सामान सारेर छिमेकी कहाँ शरण लिन पुग्यांै”, उनले भने –“अहिले पनि बाढीको त्रास नघटेकाले रातभर जाग्राम बस्दै आएका छौं।”
बजार संरक्षण समितिका सचिव न्यौपानेका अनुसार रातभर पालो गरेर जाग्राम बस्दै आएका छन्। “वर्षायाममा बाढीको त्रासमा साउन र भदौ महिना जाग्राम बस्नुपर्ने अवस्था छ”, उनले भने– “बजार संरक्षणका लागि दीर्घकालीन योजना नबनाएसम्म यो त्रास रहिरहन्छ।”

Thursday, August 2, 2012

यसकारण अग्ला पुरुष मन पराउँछन् महिला



एक अध्ययनले महिलाहरुले अग्लो कदका पुरुष मन पराउने तथ्य फेला पारेको छ । अमेरिकाको उटाह विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । साथै शोधकर्ताहरुले यहीँ यौनिक रोजाइका कारण मानिस बाँदरजस्तो चारखुट्टे जनावरबाट दुइखुट्टाले हिड्ने प्राणीमा विकशित भएको समेत निष्कर्ष निकालेका छन् ।

शोध टोलीका प्राध्यापक डेभिड क्यारिअरले महिलाले अग्लो पुरुष रोज्ने तथ्य मानिसको क्रमविकाश सँग पनि जोडिएको दाबी गर्दै महिलाले अग्लो पुरुषलाई मन पराउनुका विभिन्न मनोवैज्ञानिक तथा सामाजिक कारण रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार अग्लो कदका पुरुष आकर्षक त हुन्छन् नै पुरुषको उचाइँ स्वास्थ्य, सामाजिक डोमिनेन्स तथा ज्ञान र अन्य बौद्धिक क्षमता सँग पनि जोडिएको हुन्छ । अग्ला पुरुषको वंशाणु अर्थात् जिन उत्कृष्ट हुने र त्यस्ता पुरुषसँगको बिहे गरेर जन्मिने बच्चा पनि राम्रो हुने आकांक्षाले समेत महिलाहरु अग्ला पुरुषप्रति आकषिर्त बन्ने गरेका हुन् । तर रोचक कुरा त के भने उचाइको रोजाइमा महिला भन्दा पुरुष ठ्याक्कै उल्टो छन् । महिलाले अग्ला पुरुष मन पराउँछन् भने पुरुषले मध्यम कदका र अझ भनौँ होँचा महिला मन पराउँछन् ।


Tuesday, July 31, 2012

मधुमेहको जटिलता

स्रोत: कान्तिपुर दैनिक डा केदार कर्माचार्य ।

श्रावण १६ - लगभग ६ दशकदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न भइरहँदा मधुमेहको समस्याबाट पीडित अधिकांश रोगीहरूमध्ये कतिपय हृदयाघात, मस्तिष्कघात, डायबेटिजकामा (मूच्र्छा), डायबेटिक रेटिनोप्याटी (अन्धोपन), किड्नीफेलर (मृगौलाको कार्यक्षमतामा ह्रास) आदि जटिलताबाट समेत ग्रसित भई बहुमूल्य ज्यान नै गुमाइरहेका सन्दर्भमा सचेतनाका लागि पाठकवर्गमा अत्यावश्यक बुँदाहरू पस्कन लागिपरेको छु । २०६७ को तथ्यांकअनुसार २० लाख नेपाली मधुमेह (चिनीरोग) बाट ग्रसित रहेकामा यसको संख्या क्रमशः प्रत्येक वर्ष बढ्दै छ । यो रोग प्रायःजसो ४०-५० वर्ष उमेरका मानिसमा देखा पर्छ र उमेर बढ्नुका साथै विभिन्न प्रकारको समस्या स्वास्थ्यमा क्रमशः बढ्दै जान्छ । रगतमा चिनीको मात्रा बढ्नु तथा पिसाबमा चिनीको उपस्थिति हुनु प्रधान लक्षणका रूपमा मधुमेह रोगमा मानिन्छ । प्याङ्क्रियाज -अग्न्याशय) को कोषबाट उत्पादन हुने इन्सुलिनको मात्रा शरीरमा घट्दा रगतमा ग्लुकोजको मात्रा बढी हुन थाल्छ । एकाबिहानै खाली पेटमा रगतमा ग्लुकोजको मात्रा १०० मिग्रा सामान्य मानिन्छ । यो स्तरभन्दा बढी हुनुको अवस्थालाई हाइपरग्लाइसेमिया अर्थात् डाइबेटिज मेलिटस भनिन्छ भने कम हुँदाको अवस्थालाई हाइपोग्लाइसेमिया भनिन्छ । यो रोग वंशानुगत पनि हुनुका साथै अन्य कतिपय कारणले सुविधासम्पन्न परिवारका मानिसमा तीव्र रूपले आक्रान्त पारेको पाइन्छ । विश्वका सबै समुदाय तथा लिंगका व्यक्तिहरू यसबाट पीडित भए पनि तुलनात्मक रूपले पुरुषभन्दा महिला बढी ग्रसित हुने हुन्छ । जुम्ल्याहा सन्तानसमेत समान रूपले पीडित हुने हुन्छ ।

Monday, July 30, 2012

Kushma-Gyadi Bridge

Kushma-Gyadi Bridge
Kushma-Katuwachaupari Bridge
Modi River Bridge
Kusma, Parbat, Nepal
384 feet high / 117 meters high
1,128 foot span / 344 meter span
2010
The western region of Nepal is one of the world`s most attractable tourist place.Dhaulagiri comes under this region and also under the development programme its growth is attracted by the world community.
Parbat the smallest district of this region welcomes you all at the beginning of its territory.The main attraction of Parbat is the very very special river of the world "Krishna Kaligandaki".The hindu religious people`s most believable god Vishnu in 24 different kinds in the from of Blackstones still founded in this river in the name of Saligrams.Through out the world Saligrams are founded in this river only.
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"