Tuesday, September 4, 2012

मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि



मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि
सुनकै महल भेटेदेखी झुप्रो छाउनु के को लागि ।

सूख मात्रै हुनेथ्यो त बिबस यो जिन्दगीमा
सधैं सधै दुख मात्रै पाउनु के को लागि ।

मनको पिडा सुनिदिने भेटिएन कोहि यहाँ
रोएर जतिबेलै गीत गाउनु के को लागि ।

भित्रभित्रै दुख्छ मनमा पोल्छ पनि कताकता
बाहिरै घाऊ देखाएर मलम लाउनु के को लागि ।

छोड्दैछन सबै आफ्नाहरू भन्नेले पनि
पिडा मात्रै दिनु छ भने आउनु के को लागि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"