Saturday, May 19, 2012

तिम्रो मेरो मिलनको थियो बात अनौठो

तिम्रो मेरो मिलनको थियो बात अनौठो 
मिठोपल बिचको त्यै थियो रात अनौठो ।

मान्छे मान्छे एउटै हो सबै भन्छन 
बिभेद निम्त्याउने भयो त्यै जात अनौठो ।

भन्छन एक्लो यात्रा कठिन हुन्छ 
भेटेपछी कस्तो सहयात्रीको त्यै साथ् अनौठो । 

हुन्छन कती जिबनमा तिता मिठा पल्हरु 
जवानीको यादहरु सही त्यै मात अनौठो ।

हुँदैन रे बिना मायाको जवानी कसैको 
बन्यो मिठो माया प्रेमको घात अनौठो ।    

रेशम श्रेष्ठ
हुवाश - ३, पर्बत

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"