Saturday, May 19, 2012

तिमी दिलमा आउँदा केही साच्न मन लाग्यो

तिमी दिलमा आएपछी केही साच्न मन लाग्यो
जिबन भरी तिम्रै लागि हास्न मन लाग्यो !

बनेपछी धड्कन तिमीनै मेरो ढुकढुकीको
मलाई पनि तिमि संगै बाँच्न मन लाग्यो !

मेरो गितको संगीत अनी सुर तिमी भएपछी
मलाई तिम्रै समिप्यमा नाच्न मन लाग्यो !

मेरो हरपलको कल्पनामा तिम्रै याद बढेपछी
जोड्ने डोरी तिमि संगै गास्न मन लाग्यो ।

मानेपछी मनले नै सहायात्री जिन्दगीको
फोटो तिम्रो मनकै भित्तामा टास्न मन लाग्यो ।

 अनि बनाउन मन लाग्यो ...
'संघर्स अनि जिबनको एउटा संगम'।

रेशम श्रेष्ठ !
पर्बत, हुवास-३

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"