Friday, August 2, 2013

सङ्कै लाग्छ उनको बसाइ सराई भयो कि

शंकै लाग्छ कतै  बसाइ सराई पो भयो कि
धेरै भो छैन भेटघाट अब त पराई पो भयो कि !

सायद राम्रो संग हुर्कनै पाएनन ति पालुवाहरु
मलजल बिनानै बाझोमा छराई पो भयो कि !

मैले छोड्दा त त्यहाँ पहाड नै थियो हजुर
अहिले उकाली हराएर सबै तराई पो भयो कि !

भन्छन बर्खा लाग्यो बाढि पहिरो आयो रे
बाचे पनि कतै भोकभोकै मराई पो भयो कि !

मान्छेमा माया, प्रेम र इज्जत हराएपछि
त्यो ज्यानको पनि मोल मोलाई पो भयो कि !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"