दुख जति सबै अब पिउन थालेछु
पिउदा पिउदै अब त जिउन थालेछु !
यो दिल ठाउँ ठाउँमै फ़ाट्न थालेपछि
टुक्रा टुक्रा जोडेरनै सिउन थालेछु !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
दुख संगै जिउन मैले जानी सकेछु
संघर्स हो जिबन भनि मानी सकेछु !
उकाली ओराली हरु धेरै भेटे यहाँ
साहारा जिबनको आफै छानी सकेछु !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
आसु पिएर भए पनि बाच्नै पर्ने रहेछ
मनभरी पिडा भएनी हास्नै पर्ने रहेछ !
जिबन बग्दैछ खोला सरि नफर्कने गरि
खहरेको भिरमा पनि नाच्नै पर्ने रहेछ !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
बनाउनु छ माला जोडेर पनि
फ़ुलाउनुछ फुल गोडेर पनि
चाहान्छन भलो आफ्नै सबैले
बदल्नु छ त्यो दिल तोडेर पनि
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
तिम्रै आगमनले आज म रमाएको छु
पिडाहरुमा पनि धेरै खुसि कमाएको छु !
सानो संसार हाम्रो संसार बन्ने छ अब
मनभित्र तिम्रै लागि महल सजाएको छु !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
पराइलाई आफ्नो ठान्नेहरुलाई के भनौ
गलतलाई सहि मान्नेहरुलाई के भनौ !
सम्झाउनु के बुझेर बुझ पचाउछन् भने
पढेर पनि अन्जान जान्नेहरुलाई के भनौ !!
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
जानेरै भुल गर्नेको के कुरा
हानेरै मर्म पार्नेको के कुरा !
दुनिया बिस्वासले चल्छ भन्दै
धोकाकै बिउ छर्नेको के कुरा !
रेशम श्रेष्ठ,
हुवाश-३,पर्वत
पिउदा पिउदै अब त जिउन थालेछु !
यो दिल ठाउँ ठाउँमै फ़ाट्न थालेपछि
टुक्रा टुक्रा जोडेरनै सिउन थालेछु !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
दुख संगै जिउन मैले जानी सकेछु
संघर्स हो जिबन भनि मानी सकेछु !
उकाली ओराली हरु धेरै भेटे यहाँ
साहारा जिबनको आफै छानी सकेछु !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
आसु पिएर भए पनि बाच्नै पर्ने रहेछ
मनभरी पिडा भएनी हास्नै पर्ने रहेछ !
जिबन बग्दैछ खोला सरि नफर्कने गरि
खहरेको भिरमा पनि नाच्नै पर्ने रहेछ !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
बनाउनु छ माला जोडेर पनि
फ़ुलाउनुछ फुल गोडेर पनि
चाहान्छन भलो आफ्नै सबैले
बदल्नु छ त्यो दिल तोडेर पनि
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
तिम्रै आगमनले आज म रमाएको छु
पिडाहरुमा पनि धेरै खुसि कमाएको छु !
सानो संसार हाम्रो संसार बन्ने छ अब
मनभित्र तिम्रै लागि महल सजाएको छु !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
पराइलाई आफ्नो ठान्नेहरुलाई के भनौ
गलतलाई सहि मान्नेहरुलाई के भनौ !
सम्झाउनु के बुझेर बुझ पचाउछन् भने
पढेर पनि अन्जान जान्नेहरुलाई के भनौ !!
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत
जानेरै भुल गर्नेको के कुरा
हानेरै मर्म पार्नेको के कुरा !
दुनिया बिस्वासले चल्छ भन्दै
धोकाकै बिउ छर्नेको के कुरा !
रेशम श्रेष्ठ,
हुवाश-३,पर्वत
No comments:
Post a Comment