
एक अध्ययनले महिलाहरुले अग्लो कदका पुरुष मन पराउने तथ्य फेला पारेको छ । अमेरिकाको उटाह विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । साथै शोधकर्ताहरुले यहीँ यौनिक रोजाइका कारण मानिस बाँदरजस्तो चारखुट्टे जनावरबाट दुइखुट्टाले हिड्ने प्राणीमा विकशित भएको समेत निष्कर्ष निकालेका छन् ।
शोध टोलीका प्राध्यापक डेभिड क्यारिअरले महिलाले अग्लो पुरुष रोज्ने तथ्य मानिसको क्रमविकाश सँग पनि जोडिएको दाबी गर्दै महिलाले अग्लो पुरुषलाई मन पराउनुका विभिन्न मनोवैज्ञानिक तथा सामाजिक कारण रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार अग्लो कदका पुरुष आकर्षक त हुन्छन् नै पुरुषको उचाइँ स्वास्थ्य, सामाजिक डोमिनेन्स तथा ज्ञान र अन्य बौद्धिक क्षमता सँग पनि जोडिएको हुन्छ । अग्ला पुरुषको वंशाणु अर्थात् जिन उत्कृष्ट हुने र त्यस्ता पुरुषसँगको बिहे गरेर जन्मिने बच्चा पनि राम्रो हुने आकांक्षाले समेत महिलाहरु अग्ला पुरुषप्रति आकषिर्त बन्ने गरेका हुन् । तर रोचक कुरा त के भने उचाइको रोजाइमा महिला भन्दा पुरुष ठ्याक्कै उल्टो छन् । महिलाले अग्ला पुरुष मन पराउँछन् भने पुरुषले मध्यम कदका र अझ भनौँ होँचा महिला मन पराउँछन् ।