तिम्रै यादमा दिनहरु काट्न देउ मलाई

यो मन ले सोच्छ धेरै कुरा गरौ धेरै काम
तिम्रै लागि नयाँ कुरा आट्न देउ मलाई !!
मिठो तिम्रो याद्लाई सम्झिएर कहिलेकाही
न्यानो तिम्रो अंगालोलाई डाक्न देउ मलाई !
यादमा तिम्रै भाव हरु रच्ने मन छ कती
मनको सबै कुना कुना फाट्न देउ मलाई !!
सपनीमा तिमिसंगै रम्छु म त जतिखेरै
मिल्ने भए यथार्थमा ढाट्न देउ मलाई !
रेशम श्रेष्ठ
हुवाश - ३, पर्बत
No comments:
Post a Comment