चाहना मेरो शिखर चढ्नु छ

सबै सबै किताब पढ्नु छ ।
भाबहरु आउछ अनेक मनमा
यो मन आफ्नै विचारमा अड्नु छ ।
मेरो जिबनको यात्रा जारी छ्
सहयात्री सँगसँगै अघी बढ्नु छ ।
हरेक छेणमा लडाईं हुन्छ
सबैलाई जित्न धेरै लड्नु छ ।
खन्छन खाडल बिचारको आफ्नै
अरुकै निम्ती आँफै गड्नु छ ।
रेशम श्रेष्ठ !
पर्बत, हुवाश - ३
No comments:
Post a Comment