Friday, February 15, 2013

यो मनमा सुख शान्ति आउने, कहिले होला

यो मनमा सुख शान्ति आउने, कहिले होला
बहार खुशीको मनभरी छाउने, कहिले होला ।

बेचैन हुन्छु आँफै-आँफै यो जिन्दगीलाई देख्दा
कल्पना मनका सबै साचो पाउने, कहिले होला ।

नटुङिने एउटा यात्रा रहेछ शायद यो जिन्दगी
हिड्दा हिड्दै सफलताले पछी धाउने,कहिले होला ।

हास्न एक्पल जिन्दगीमा सयौ पटक रुनु पर्ने
रोएरै भएपनी मनको गीत गाउने, कहिले होला ।

सुख भन्दा दु:ख धेरै रहेछ जिन्दगीको अर्को नाम
सँगालेरै पिडा सबै पाखा लाउने, कहिले होला ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"