
म एउटा पीडाको गित गाउन चाहन्छु
सबैको मनमा सधै छाउन चाहन्छु !
निष्ठुरीको मनलाइ पगाल्न सक्ने भए
बिछोड्मै रमाएर आफै आउन चाहन्छु !
नछोड्ने भयो कहिले यो पिर चिन्ताले
कल्पनाकै एउटा संसार बनाउन चाहन्छु !
लाग्दैछ यो मायाको तिर्सना धेरै भो
जुनिभरि उनकै हात समाउन चाहन्छु !
रेशम श्रेष्ठ
हुवाश-३, पर्बत
No comments:
Post a Comment