Saturday, April 20, 2013

मेरो अनुपस्थितिमा खुसि हुनेहरुलाई सलाम

मेरो अनुपस्थितिमा खुसि हुनेहरुलाई सलाम
मेरो आसुले आफुलाईनै धुनेहरुलाई सलाम !

हारमा अरुको बिजय मनाउनेहरु पाए धेरै
जितमा कसैको भित्रभित्रै रुनेहरुलाई सलाम !

बुझाउने छु यो मन पिडामा मेरो  रम्छ्न भने
अनेक बहाना गरि जाल बुन्नेहरुलाई सलाम !

पिडा दिनेहरु भेटे धेरै स्वार्थि यो दुनियामा
खेलेर अरुको भाबनालाइ छुनेहरुलाई सलाम !

बेचैन छु म आफै विश्वासघात गर्नेहरु देखि
तितो - मिठो सबैकुरा गुन्नेहरुलाई सलाम !

रेशम श्रेष्ठ
हुवाश-३, पर्बत

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"