Thursday, February 7, 2013

शुभकामना धेरै तिमिलाई दिदैछु प्रेमदिबसमा

शुभकामना धेरै तिमिलाई दिदैछु प्रेमदिबसमा
उपहार मायाको तिमिलाई लिदैछु प्रेमदिबसमा ।

हरपलमा तिम्रै माया छ मेरो भित्री धड्कनमा
तिम्रै नाममा यो ज्यान छिन्दैछु प्रेमदिबसमा ।

जुगौ जुग जिउने कसम तिम्रो-मेरो मायाको
हुनेछौ हामी जोडी भनि बाचा दिदैछु प्रेमदिबसमा ।

केबल हाम्रो सानो संसारको खुशी चाहन्छु म
लुकाएर पिडा सबै सूख किन्दैछु प्रेमदिबसमा ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"