Tuesday, March 19, 2013

यो मन पनि आफै बोल्छ कहीलेकाही

यो मन पनि आफै आफै बोल्छ कहीलेकाही
आफ्नै दु:ख पीडाहरू खोल्छ कहिलेकाही ।

धाए जिन्दगीको कैयौ उकाली ओरालीहरु
आगो बिनानै मुटु यो पोल्छ कहिलेकाही ।

रहर जाग्छ यो मनमा नयाँ केही गरौ भनि
मनले मेरै कुनाकुना खोतल्छ कहिलेकाही ।

मूल्य कहाँ छ कति छ खै यो जिन्दगीको
सोध्छ खोज्छ आफैमा घोल्छ कहिलेकाही !

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

1 comment:

Anonymous said...
This comment has been removed by a blog administrator.
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"