Sunday, May 5, 2013

हरपल म त तिम्रै हु भन्न चाहन्छु


हरपल म त तिम्रै हु भन्न चाहन्छु
जुनिभरि तिम्रै साथी बन्न चाहन्छु  !

पिडामा नि रमाउने कोसिस छ मेरो
तिम्रै चोखो मायामा अड्न चाहन्छु !

फुलको जस्तो मिठो बास्ना कहाँ हुन्छ र
दिल्मै फुल्ने फुलको बिउ छर्न चाहन्छु !

दुनियामा हुन्छन मायामा धेरै तगारो
दुखको पहाड आफैले खन्न चाहन्छु !

आकासका तारा खसाल्ने कसम होइन
सुख कति दिन सकेछु  गन्न चाहन्छु !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"