Sunday, August 25, 2013

जिबनमा सधै कहाँ बाचिन्छ र

जिबनमा सधै कहाँ बाचिन्छ र
साचेर नि यहाँ के नै साचिन्छ र !

जानु छ एकदिन यो दुनियाबाट
बिचैमा भाच्दैमा के भाचिन्छ र !

आफैमा धमिलो,अमिलो भएपछी
पिर व्यथामा पनि के नाचिन्छ र !

सन्तोषको सास फेर्न नसक्दा
जबरजस्ती कसरि हासिन्छ र !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"