Tuesday, July 24, 2012

टक्र्याए मेरै मन देखी सम्झनाका छालहरु तिम्रै लागी...


टक्र्याए मेरै मन देखी सम्झनाका छालहरु, तिम्रै लागी 
भेटाए मनकै गहिराइमा अनेकौ तालहरु, तिम्रै लागी । 

सम्झाए आँफैलाई पिडामा नि बाच्नु पर्छ रे,
भन्दै आज बिताए कती सालहरु, तिम्रै लागि । 

लडछु हिड्दा कहिलेकाही उठ्ने कोशीस गर्छु पनि 
खाए कती ठक्करहरु अल्झाए झालहरु, तिम्रै लागी । 

उड्छन हावामा चाहनाहरु सँगाल्छु मनमा धेरै
सजाउने कोशीस गर्छु टाङ्दैछु पालहरु, तिम्रै लागी । 

सबै कहाँ हुन्छन र हजुर यात्रामा बाटो सजिलो
फुलमै छन काडा कती पन्छाउदै छु जालहरु, तिम्रै लागी

टक्र्याए मेरै मन देखी सम्झनाका छालहरु, तिम्रै लागी

रेशम श्रेष्ठ । 
पर्बत,हुवाश-३ 

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"