Sunday, April 21, 2013

भित्र भित्रै यो मन जलेर त मुस्किल भयो

भित्र भित्रै यो मन जलेर त मुस्किल भयो
आगोको राको सरी बलेर त मुस्किल भयो ।

चड्दै छू खुड्किलोहरू एक पछि अर्को गर्दै
हिड्दाहिड्दै कयौपल्ट ढलेर त मुस्किल भयो ।

एकान्तमा एकाग्र हुनुनै राम्रो मलाई त  
ढुक्ढुकी यो मनको चलेर त मुस्किल भयो ।

थकित हुने मन त कहाँ थियो र जिन्दगीमा
दु:ख अनी पिडाले धेरै गलेर त मुस्किल भयो ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Saturday, April 20, 2013

मेरो अनुपस्थितिमा खुसि हुनेहरुलाई सलाम

मेरो अनुपस्थितिमा खुसि हुनेहरुलाई सलाम
मेरो आसुले आफुलाईनै धुनेहरुलाई सलाम !

हारमा अरुको बिजय मनाउनेहरु पाए धेरै
जितमा कसैको भित्रभित्रै रुनेहरुलाई सलाम !

बुझाउने छु यो मन पिडामा मेरो  रम्छ्न भने
अनेक बहाना गरि जाल बुन्नेहरुलाई सलाम !

पिडा दिनेहरु भेटे धेरै स्वार्थि यो दुनियामा
खेलेर अरुको भाबनालाइ छुनेहरुलाई सलाम !

बेचैन छु म आफै विश्वासघात गर्नेहरु देखि
तितो - मिठो सबैकुरा गुन्नेहरुलाई सलाम !

रेशम श्रेष्ठ
हुवाश-३, पर्बत

Thursday, April 18, 2013

आज म आफै खुशी हुन सकिन

आज म  आफै खुशी हुन सकिन
खोलेर नि मन धेरै रुन सकिन !

बाहिरी मैलो त देखिन्छ सबैले
पापी मनको मैलो नै धुन सकिन !

भावनाहरु उम्लिएर धेरै पोखिन्छन
ढुंगासरि त्येइ मनलाइ छुन सकिन !

चारैतिर देख्दैछु धेरै बाटोहरु यहाँ
आफैलाइ एउटा जाल बुन्न सकिन !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

म एउटा पीडाको गित गाउन चाहन्छु

म एउटा पीडाको गित गाउन चाहन्छु
सबैको मनमा सधै छाउन चाहन्छु !

निष्ठुरीको मनलाइ पगाल्न सक्ने भए
बिछोड्मै रमाएर आफै आउन चाहन्छु  !

नछोड्ने भयो कहिले यो पिर चिन्ताले
कल्पनाकै एउटा संसार बनाउन चाहन्छु !

लाग्दैछ यो मायाको तिर्सना धेरै भो
जुनिभरि उनकै हात समाउन चाहन्छु !

रेशम श्रेष्ठ
हुवाश-३, पर्बत

Tuesday, April 16, 2013

कहिलेकाही केहि बोल्ने मन मेरो

कहिलेकाही केहि बोल्ने मन मेरो
मनका सबै कुरा खोल्ने मन मेरो !

सुख बुन्ने मेरो कोसिस निरन्तर छदैछ
पिडा जति  एकठाउमा घोल्ने मन मेरो !

फुलै फुलको दुनियामा काडा बन्नु किन
सत्य तितो भए पनि खोतल्ने मन मेरो !

रेशम श्रेष्ठ
हुवाश-३,पर्वत !
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"