
यदि त्यही अत्यावश्यकीय कुरा हरायो वा चोरी भयो भने पैसा मात्रै होइन त्यसभित्र राखिएका थुप्रै सूचना, सम्पर्क नम्बर तथा आफ्ना प्रोजेक्टहरु पनि गुमाउनुपर्ने हुन्छ । तर चिन्ता नलिनुस्, यी एप्लिकेसन तथा सफ्टवेयर तपाइँले आफ्नो मोबाइल तथा ल्यापटपमा राख्नुभयो भने तपाइँले सजिलै हराएका मोबाइल तथा ल्यापटप फिर्ता पाउन सक्नुहुन्छ ।
विन्डोज ल्यापटप प्रयोगकर्ताले लोकेट माई ल्यापटप नामक सफ्टवेयर locatemylaptop.com बाट निशुल्क डाउनलोड गर्न सक्छन् । यसले गुगल म्यापको माध्यमबाट ल्यापटपलाई लोकेट गरिदिन्छ र तपाइँको हराएको ल्यापटप कहाँ प्रयोग भैरहेको छ भन्ने जानकारी दिन्छ । यस्तै www.lalarm.com बाट एलआर्लाम पनि फ्रिमा पाउनसक्नुहुन्छ । यदि तपाइँको ल्यापटप लक भयो वा ल्यापटपबाट कुनै पावर कार्ड वा युएसबी फ्ल्यास ड्राइभ हटाइयो भने आलार्म बज्ने गर्दछ ।